Indreni lyrics - NickOfficial । Ma juna ra tara lai bayan garchu | Fallonmusic । New nepali song

म जुन र तारालाई बयान गर्छु

तिमी सपना देख्नु है
अनि अघि बढ्नु है
धैर्यले दुःखको समुन्द्र तर्नु है
बदलिन्छन् यहाँ भावना
मन संग मन टाढा हुँदा
तिमी मन भित्र आशाको दियो जलाउनु
एउटा चित्र कोर्नु अनेक रंगले सजाउनु
मेतिन्छन् अस्तित्व यहाँ
एकपल लाई ओझेल हुँदा।

तर छितिज पारी एउट नयाँ संसार छ
जहाँ खुशीका फूलहरू फुल्छन् सधैं
तिमी बादललाई हेरी मेरो प्रतीकक्षा गर्नु
म आउनेछु इन्द्रेणी रंग सँगै
म आउनेछु इन्द्रेणी रंग सँगै
म आउनेछु इन्द्रेणी रंग सँगै ।

म तिम्रा सबै वेदना बाधा हरुलाई
आफै बादल बनी आई छेकिदिन्छु
तिमी रहस्यमय कल्पनहरुमा
हराउँदै मिलनको गीत लेख्नु
म जुन र तारालाई बयान गर्छु
तिम्रो श्रृङ्गारले भरिएको मुहार
तिमी हिम्मत नहारी ती कदम बढाउनु
अनि बदलिन्छ तिमीलाई देखेर संसार
अनि बदलिन्छ तिमीलाई देखेर संसार।

तर छितिज पारी एउटा नयाँ संसार छ
जहाँ खुशीका फूलहरू फुल्छन् सधैं
तिमी बादललाई हेरी मेरो प्रतीकक्षा गर्नु
म आउनेछु इन्द्रेणी रंग सँगै।

#म_जुन_र_तारालाई_बयान_गर्छु
#म जुन र तारालाई बयान गर्छु
#indreni_lyrics

LYRICS Video:

Original video :


Thanks for your time
Check the related videos:

0 Comments